बिहीबार, असार १२, २०८२

काठमाडाैं र ललितपुरका १२-१७ वर्ष उमेरका बालबालिकालाई आजदेखि फाइजर खोप

नेपालखोज २०७८ पुष २७ गते ७:१३

काठमाडाैं ।  काठमाडाैं र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आजदेखि फाइजर खोप लगाइँदैछ । भक्तपुरमा अस्तिदेखि नै खोप लगाउन सुरु भए पनि काठमाडाैं र ललितपुरमा भने आजदेखि खोप दिन लागिएको हो ।

पठनपाठन भइरहेका पालिकामा विद्यालयबाटै र नभएका स्थानमा यसअघि नियमित खोप सञ्चालन भइरहेका केन्द्रबाट बालबालिकालाई खोप दिइने छ ।
 
ललितपुरमा स्थानीय पालिकाहरुले वडा अनुसार एक दिनमा चारवटा वडाका विद्यालयका दरले खोप दिँदैछन् । यी जिल्लामा लक्षित सबै बालबालिकालाई खाेप नलगाएसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ । 

प्रतिक्रिया