मंगलबार, असार १०, २०८२

सुनचाँदीकै मूल्य बढ्याे, कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०७८ पुष २७ गते १०:४८

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीकै भाउ बढेकाे छ । छापावाल सुन आज प्रतितोला ३ सय रूपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ३ सय रूपैयाँले नै बढेकाे छ । आज तेजाबी सुन ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । साेमबार तेजाबी सुन ९० हजार ८ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रूपैयाँले बढेकाे छ । आज चाँदी १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजाे १२ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया