पृथ्वीनारायण शाहको देवत्वकरण नगरौं : डा. बाबुराम भट्टराई
नेपालखोज
२०७८ पुष २७ गते १३:४३

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण गर्न नहुने बताएका छन् । भट्टराईले सामाजिक सन्जालमार्फत पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको अवसरमा शाह इतिहासको आवश्यकता र आकस्मिकताका उपज भएको बताएका हुन् ।
उनले लेखेका छन्, ‘पृना शाहको देवत्वकरण र दानवीकरण दुवै नगरौं । उनी इतिहासको आवश्यकता र आकस्मिकताका उपज हुन् । कविलाई समाजको पहिले सामन्ती केन्द्रीकरण भएर नै पछि पुँजीवाद जन्मने हो । अब समाजवादी रूपान्तरणको नयाँ युगमा बहुजातीय केन्द्रीकृत राज्यलाई संघीय पुनर्संरचना गर्नैपर्छ भन्ने बुझौं । चुरो कुरो यो हो ।’

सम्बन्धित

प्रतिक्रिया