संविधानको मर्मविपरित भए ऐन संशोधन गर्छु : मन्त्री शशी श्रेष्ठ

नेपालखोज २०७८ पुष २७ गते १७:२७

काठमाडाै‌ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले कसैको निजी स्वार्थ पुरा गर्नका लागि मात्र ऐन संशोधन नहुने बताएकी छिन् । उनले संविधानको मुल मर्म, भावना तथा सहकारी दर्शन, सिद्धान्त अनुसार ऐन छैन भने त्यसलाई संशोधन गर्न आफू तयार रहेको बताईन ।

राष्ट्रिय सहकारी महासंघको २९ औं बार्षिक साधारण सभामा उनले भनिन, ‘कुनै ऐन संविधानसँग बाँझिने खालको छ भनेर परिकल्पना गर्न सकिदैन । यदि त्यस्तो छ भने ऐन संशोधनका लागि म तयार छु ।’ मुलुक अध्यादेशबाट चलाउने स्थिति सिर्जना हुन दिन नहुने समेत उनले बताईन । उनले सहकारीलाई मर्यादित र सुशासित रपमा संचालन गराउनका लागि नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघले भूमिका खेल्नुपर्ने बताईन ।

उनले कोभिड–१९ को महामारीको कठिन परिस्थितिमा सहकारीले खेलेको भूमिको प्रशंसा समेत गरिन् । उनले भनिन्, ‘तिव्र आर्थिक बृद्धि हासिल गर्न, शोषण रहित समाज निर्माण गर्न र आत्मनिर्भर समृद्ध अर्थतन्त्र निर्माणका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने भएकाले उत्पादन बृद्धि गर्दै मुल्य शृखलामा सहकारीको योगदान हुने देख्छु ।’

प्रतिक्रिया