शुक्रबार, चैत १६, २०८०

भिभो भी २३ ई जनवरीको मध्यमा सार्वजनिक हुने

नेपालखोज २०७८ पुष २७ गते २०:०६

काठमाडौं । विश्वकै अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले स्मार्टफोनका क्यामरा सर्वसाधारणका लागि अझ पहुँच योग्य होस् भन्ने उद्देश्यले निरन्तररुपमा काम गर्दै आइरहेको छ । ब्रान्डको भी सिरिज स्मार्टफोनहरु वास्तविक प्राविधिक परिवर्तनको उदाहरणका रुपमा रहँदै आएका छन् ।

डिजाइन तथा क्यामराको कार्य सम्पादनलगायतका सबै विधामा भी सिरिजका स्मार्टफोनहरु खरो उत्रिएका छन् । यसको श्रेय नयाँ तथा प्रयोगकर्ता मैत्री प्रविधिहरु ल्याउँदा उपभोक्तालाई केन्द्रमा राख्ने भिभोको परिपाटीलाई जान्छ ।

भिभो गहन बजार अनुसन्धान गर्ने, उपभोक्ताको स्मार्टफोनको आवश्यकता केलाउने तथा सबैका लागि उपयोगी हुने फोन बनाउने अभिभारा आफैंले निर्वाह गर्दे आएको छ । केही अफवाहहरुका अनुसार भिभोले ब्रान्डको उपभोक्ताप्रतिको प्रतिवद्धतालाई प्रस्ट्याउने आफ्नो भी सिरिजको पछिल्लो संस्करण भिभो भी २३ ई छिट्टै सार्वजनिक गर्ने भएको छ ।

यो स्मार्टफोनमा स्टेलर क्यामरा सिस्टम रहने आकलन गरिएको छ । केही लीक भएका विवरणहरुका अनुसार यसको फ्रन्ट क्यामराले उपभोक्तामा रहँदै आएको क्यामरा इनोभेशन यात्राप्रतिको विश्वासलाई फेरि एक पटक सुनिश्चित गर्नेछ । उपकरणले ५० मेगापिक्सेलको अटोफोकस पोट्र्रेट सेल्फी सुविधालाई समर्थन गर्नेछ जसले उच्चगुणस्तरको स्पष्टर उज्यालो तस्बिरहरू उत्पादन गर्ने छ ।

यसमार्फत युवा पिढीले कन्टेन्ट क्रियशन (सामग्री सिर्जना) भिडियो लगिङ तथा फोटोग्राफी जस्ता सिर्जनशील पेशामा लागून भन्ने भिभोको उद्देश्य रहेको छ । यसै कुरालाई मध्यनजर गर्दै भी २३ ई को मूल्य भर्खरै यस्ता पेशा शुरुवात गरेका उपभोक्ताले पनि खरिद गर्न सक्नेगरी निर्धारण गरिएको छ । सोसल मिडियाको प्रवृत्ति तथा फेशनको संगतमा हुर्के बढेका पींढीका उपभोक्ताका लागि स्टाइलिश स्मार्टफोनको आवश्यकता रहेको तथ्य भिभोले मनन गरेको छ ।

समग्रमा स्मार्टफोन व्यक्तिको निरन्तरको साथी हो । यस हिसाबले स्मार्टफोन यसलाई बोक्ने प्रयोगकर्ताजस्तै आकर्षक हुनु जरुरी छ, किनकी फोन हिजोआज व्यक्तिको व्यक्तित्वको एउटा पाटो तथा सम्भवत् स्वअभिव्यक्तिको माध्यम बनिसकेको छ । भिभो भी २३ ई मा ब्रान्डले अत्याधुनिक प्राविधिक उन्नतिमात्र समावेश नगरी उपभोक्ताले हेर्दा आनन्द महसुस गर्ने किसिमको आकर्षक बनाउन अत्याधुनिक डिजाइनलाई पनि आत्मसात गरेको छ ।

हालसम्म भिभोको आउँदै गरेको स्मार्टफोनका बारेका बाहिर बाहिर आएका तथ्यहरु यति नै रहेका छन् । भिभो भी २३ ई का बारेमा थप उत्साहजनक विवरणहरु थाहा पाउनका लागि प्रतीक्षा गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया