कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि

नेपालखोज २०७८ पुष २८ गते ९:३५

सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आज (बुधबार) देखि सुरु हुने भएको छ । दिउँसो ३ बजेदेखि सुरु हुने गरी प्रदेशसभाको नवौँ अधिवेशन बोलाइएको हो ।

प्रदेशसभाको पहिलो बैठकमा आज प्रदेश प्रमुखले बैठक बोलाइएको पत्र वाचन गरेर सुनाउने छन् । अधिवेशनमा दलगत धारणा राख्ने र सरकारले ल्याएका विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया