संविधानसभा सदस्य जीवन श्रेष्ठले गरे एमालेबाट सन्यासको घोषणा

नेपालखोज २०७८ पुष २८ गते ११:३२

काठमाडौं । नेकपा एमालेका नेता जीवन श्रेष्ठले सक्रिय राजनीतिबाट सन्न्यास लिएका छन् । श्रेष्ठले सामाजिक सन्जालमार्फत सक्रिय राजनीतिबाट सन्न्यास लिएको घोषणा गरे ।

नेकपा एमालेका धेरै जिल्लास्तरका नेताले सकृय राजनीतिकबाट बिदा लिइरहेका छन् । उनीहरुले जिल्लास्तरमा भएको अधिवेशनमा सन्तुष्टि नभएर राजनीतिकबाट विश्राम लिने निर्णयमा पुगेको बुझ्न सकिन्छ । श्रष्ठले ४२ वर्षको राजनीतिक जीवनबाट विश्राम लिएको बताएका हुन् । उनी २०७० सालको संविधानसभा सदस्य थिए ।

उनले लेखेका छन् ‘ केहि असहज परिस्थितिको कारण आजका मितिदेखि सकृय राजनितिबाट बिश्राम लिने घोषणा गर्दछु ।’

प्रतिक्रिया