‘छक्कापन्जामा झाँक्रीलाई खेलाए हुन्छ’

दैलेख बजारमा आज भन्दै २०२१ को अक्टोबर ४ मा नेतृ रामकुमारी झाँक्रीले राखेको यो तस्बिरमा कमेन्ट आउने क्रम अहिलेसम्म पनि जारी छ । हेरौं केही चुनिएका कमेन्ट :
आहा सुन्दरताको प्रतीक छि.. ।
रामरिझन यादव
हाँस्नु स्वास्थ्यका हिसाबले राम्रो छ ।
ज्ञानेन्द्र गौतम
छक्कापन्जामा झाँक्रीलाई खेलाए हुन्छ ।
अनु पौडेल
देश र गरिब जनताका लागि काम गर्नुस् हजूर सधै अघि रहनुहुन्छ । पार्टीको मात्र नेत्री कहिल्यै नहुनुहोला ।
देव ओली
नेपालीलाई १८ करोड कार्पेट फेर्ने महिला राष्ट्रपति चाहिएको छैन देश र गरिबको मुहार फेर्ने राष्ट्रपति चाहिएको छ । तपाईंजस्तो हिम्मत र साहस भएकी महिलाको खाँचो छ । जनताको मन जितेर झुपडिमा बस्ने साहास गर्नु होला सदैव जनताको साथ र सपोट रहनेछ ।
टेक कार्की
बस्छे झाँक्रीनी झुपडीमा ? आज टिके सांसद मात्रै बन्दा त काठमाडौमा पाँचतले दरबार छ झन् भोलि ठूलै पद भेटी भने यूएईमा घर किन्छे ।
सुशील देवकोटा
तपाईंको मिहिनेती अभियानले सिंगो कम्युनिस्ट केन्द्र निर्माणमा उत्कृष्ट भूमिका खेल्ने कुरामा दुईमत छैन ।
तेनिश दोङ
दैलेख सदरमुकाममा मात्र पुगेर सेल्फी खिच्ने हैन फुपू दैलेखको ज्वाला शिरिस्थान, नाभिस्थान, पादुका, जस्ता धार्मिक स्थल र पर्यटकीय स्थलमा पनि पुग्नु र आठबीस नगरपालिकाको तिलेपाटा पनि पुग्नुहोला ।
कमल बन्धुवाल
तपाईं मेरो लागि मात्र होइन सिंगो देश र जनताका लागि भाबी राष्ट्रपति हो शुभकामना ।
मिलन लिम्बू
दैलेखमा एसले १० वडा अध्यक्ष जिताएर देखाइदिनुस् है ।
सरोज शर्मा ओली
आशा, विश्वास र भरोसाको प्रतीक !
हरिप्रसाद अर्याल
इमानदार र साहसिक महिला ।
आरके भट्टराई
घामजस्तो चम्किलो जुन हुँदैन,
जति रुन परेनी झाँक्रीको काखमा रोउ माधव ओलीले देख्नेगरी रुन हुँदैन भन्ने गीत गाएको भर अझै झकाश हुन्थ्यो ।
निर्मला रोकाया रेग्मी
अरु जे भए पनि कमरेडको भरपूर आत्मविश्वास सबै राजनीतिकर्मीका लागि प्रेरणादायी छ ।
सागरबहादुर केसी
जाबो मन्त्री बन्न नपाउँदा एमाले टुक्रा पारेर कति दिन हासौली !
हाँस-हाँस उत्ताउली दिदी ।
हितमान शेरचन
तपाईंको मुस्कानले गर्दा ओली गुटका केही थान हलीहरु बेहोस भएको अपुष्ट खबर प्राप्त भएको छ ।
गोविन्द अधिकारी
नेपाली राजनीतिका महिलाहरुमध्ये मलाई सबैभन्दा मनपर्ने र दम देखाउन सक्ने रामकुमारीलाई भित्री मनदेखि बधाई ! अब
१ . भ्रस्टाचारिहरु बिरुद्ध मुद्दा तयार गर्नुस ।
२ . बलात्कारीलाइ हद भन्दा ठूलो सजाय दिनुस ।
३ . देशको हर अफिसमा काम ढिला सुस्ती र नियम मिच्नेलाइ जागिर देखि बर्खास्त गर्नुस,
यस्ता त्यस्ता धेरै कुरारु छन । गद्दारहरु सबैको पुग्गी बजाउनुहोस ।
राहुल
होनहार दिदीप्रति विश्वास छ, अडान, नैतिकता अनि इमानदारीको राजनीति कहिल्यै छोड्नुहुने छैन ।
अमन तामाङ
नेपालमा कोही महिला पहिलो प्रधानमन्त्री हुने छिन् भने त्यो भरपर्दो र सुहाउँदो नाम हजुरको हुनेछ…!!
टेकबहादुर खड्का
साहसी र निडर युवा नेतृ ।
देउप्रकाश तामाङ
एउटी नारीले देखाएको साहसलाई सलाम छ, हजुरको आयु लामो होस् ।
लोकेन्द्र धामी
मुस्कान दामी दिनु भो नि दिज्यु, मुस्कानले दुनियाँको मन जितेर भविष्यमा पहिलो महिला प्रधानमन्त्री हुनुहोला मेरो यहीँ छ शुभकामना ।
भीम पुन मगर
रामकुमारी झाँक्रीज्यु तपाईको अनुहारमा जति खुशी देखिएको छ नी तेती नै खुशी देशमा भएका दुखी जनतालाई दिनुहोला तपाईंलाई त्यो भन्दा चौबर खुशी मिल्नेछ ।
सुनील रसाइली

तिमी र ज्ञानेन्द्र शाही एकैएकै लाग्छन् दिदी । चिच्याउने, सस्तो लोकप्रियता कमाउने तर हक्की स्वभावको खुलेरै तारिफ गर्छु ।
मिशारकुमार आचार्य
एक्लै हैन “जनता संग सफल झाँक्री”
बन्दै देशभरका जनता संगै हुनुपर्यो ।
निर्मला
उतै बस अब धामीझाँक्री दिदी तिम्रो भाग अरुलाई नै देलान् जस्तो छ ।
केशवप्रसाद पराजुली
यी कान्छी दिदीले पनि देश बनाउँछिन कि भन्नेमा धेरै जनता साथ र सपोर्ट्मा तल्लीन थिए तर टिकटक बनाएर पो हाइलाइट्मा आकि छिन त ?
सन्देश थापा
दैलेख भ्रमण पश्चात् तपाईंको राजनीतिको अन्त्य निश्चित छ । डा.बाबुराम लाई पनि यहि दैलेखका देवीदेवताको आशिर्वाद लागेर अहिलेसम्म माथि उठ्न सकेका छैनन अब रामकुमारी दिदी तिम्रो पनि पतन निश्चित छ , जय पन्चकोशी …।
सुशील शर्मा
फर्किदा दैलेखको आलु लिएर आउनु दिदि !
क्षेत्री यदु
दुई चार दिनको चैन, कुरिकुरि ।
दिपेन दबाडी
अति सुन्दर अनि साहसी लिडर ।
केशव भण्डारी


प्रतिक्रिया