नाका खुला गर्न माग गर्दै सिन्धुपाल्चोकका बासिन्दा काठमाडौंमा
नेपालखोज
२०७८ पुष २८ गते १५:४०

काठमाडौं । चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुला गर्न माग गर्दै स्थानीयबासिन्दाले बिरोध प्रदर्शन गरेका छन् । आज (बुधवार) माईतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयहरुले चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुला गर्न माग गर्दै आन्दोलन गरेका हुन् ।
आन्दोलनमा सहभागी भएका अमीर तामाङले चीन आवतजावत गर्ने केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गरेका छन् । उनले चीन सरकारले हुम्लामा रहेको १२ नम्बर पिल्लर सारेको भन्दै मनोमानी ढंगले अर्को देशको सीमास्तम्भ सार्न नपाइने बताए ।
आन्दोलनकर्मीहरुले नेपाल–चाइना नाका खुला गर, विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्न पाइँदैन, हुम्ला जिल्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन, नेपाली भूमि अतिक्रमण बन्द गर लगायत नारा लगाएका थिए ।
सम्बन्धित

प्रतिक्रिया