आइतबार, जेठ ६, २०८१

३० अंकले नेप्से घट्दा ८ अर्बको कारोबार

नेपालखोज २०७८ पुष २८ गते १५:३९

काठमाडौं । नेप्से घटे पनि कारोवार रकम भने बढेको छ । अघिल्लो दिन ४९ अंकले बढेको नेप्से साताको चौथो कारोबार दिन आज बुधबार भने ३० दशमलव ५१ अंकले घटेर २८ सय तीन दशमलव ६२ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव चार अंकले घटेर पाँच सय २१ दशमलव ८३ अंकमा पुगेको छ ।

दुई सय २९ कम्पनीको ९० हजार पाँच सय ९० पटकको कारोबारमा एक करोड ६१ लाख ४७ हजार तीन सय ९० कित्ता सेयर खरिद–बिक्री भएकामा कुुल सेयर कारोबार रकम आठ अर्ब तीन करोड ३२ लाख १२ हजार सात सय ४२ रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने यस्तो कारोबार रकम ६ अर्ब १२ करोड रुपैयाँ थियो ।

१३ वटा समूहको कारोबार हुँदा तीनवटा समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । सोमध्ये ट्रेडिङ, उत्पादनमूलक र लगानी समूहहरूको सूचक बढेका छन् । वाणिज्य बैंक समूहको सूचक भने आज २२ दशमलव ४७ अंकले घटेर १८ सय ३३ दशमलव २१ अंकमा झरेकामा विकास बैंक समूहको सूचक पनि एक सय २२ दशमलव ५४ अंकले घटेर पाँच हजार २७ दशमलव ६० अंकमा झरेको छ ।

यसैगरी निर्जिवन बिमा समूहको सूचक पनि दुई सय ६६ दशमलव ४५ अंकले घटेर १२ हजार सात सय ७९ दशमलव ९२ अंकमा झरेकामा जीवन बिमा समूहको सूचक पनि एक सय ८९ दशमलव ९७ अंकले घटेर १५ हजार सात सय ८९ दशमलव १८ अंकमा झरेको छ । यीबाहेक जलविद्युत्, फाइनान्स, होटेल तथा पर्यटन, अन्य, लघुवित्त र सामूहिक लगानी कोष समूहहरूको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय ७२ रुपैयाँ ९० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा हिमालयन ऊर्जा विकास कम्पनीको प्रतिकित्ता सेयर मूल्य ६ दशमलव २१ प्रतिशतले घटेर चार सय ६७ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज नेपाल बंगलादेश बैंकको प्रतिकित्ता चार सय रुपैयाँ अन्तिम मूल्यमा २८ करोड ६९ लाख ९९ हजार तीन सय ८५ रुपैयाँ ६० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया