बुधबार, वैशाख १९, २०८१

राष्ट्र बैंकले गर्याे पुनः १८ अर्ब ५० करोड रुपैयाँँको ट्रेजरी आव्हान

नेपालखोज २०८० मंसिर २४ गते १४:५२

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः १८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने मंसिर २६ गते तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन ।

बिक्री गरिने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको आठ अर्ब ५० करोड, एक सय ८२ दिने अवधिको आठ अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैंयाँ बराबरको रहेको छ । सो मध्ये एक सय ८२ दिने अवधिको आठ अर्ब मध्ये चार अर्ब नयाँ र बाँकी सबै पुरानो नविकरण अन्र्तगतको रहेको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० फागुन २९ गते, २०८१ जेठ २९ गते र २०८१ मंसिर २५ तोकिएका छन् । यसअघि यही मंसिर १८ गते पनि राष्ट्र बैकले १६ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया