नागरिकताकाे माग गर्दै मातीइघरमा धर्ना

नेपालखोज २०७८ पुष २८ गते १६:१४

काठमाडौं । नागरिकता बिहीनहरुले सरकारसँग नागरिकता पाउनु पर्ने माग गर्दै माइतीघर मण्डलमा धर्ना दिएका छन् । नागरिकताबिहीन नेपालीहरुले सरकारसँग नागरिकता पाउनु पर्ने माग गर्दै आज पनि माइतीघर मण्डलमा धर्ना दिएका हुन् ।

धर्ना कार्यक्रममा नागरिकताबिहीन नेपालीका राष्ट्रिय अध्यक्ष इन्द्रजित साहले जन्मसिद्ध र एकल आमा सन्तानलाई सरकारले नागरिकता नदिएको र संविधान बनेको ६ वर्षसम्म नागरिकता ऐन संशोधन नगरेकोप्रति आफ्नो आन्दोलन रहेको बताए । उनले संविधानमा एकल आमा र जन्मसिद्धका सन्तानलाई नागरिकता दिने भनिए पनि संशोधन नगरी आफ्नो अपहेलना गरिरहेको आरोप लगाए ।

अध्यक्ष साहले भने, ‘हामी नागरिकता प्राप्तिको लागि आन्दोलन गरिरहेका छौँ । २०६३ सम्म जन्मसिद्धका आधारमा नेपाल सरकारले नागरिकता बाँड्यो । त्यसका सन्तानलाई कुन नागरिकता दिने कुरा २०७२ को संविधानले स्पष्ट गरेको छ । तर संविधानमा लेखेर पनि नागरिकता ऐन संशोधन नभएको कारणले गर्दा जन्मसिद्ध र एकल आमाका सन्तानले नागरिकता पाएका छैनन् । संविधान बनेको ६ वर्ष भइसक्यो हामी कहिलेसम्म यसरी बस्ने हो ।’

अध्यक्ष साहले सरकारले आफ्ना नागरिकहरुलाई अनागरिक रुपमा राख्न नपाउने भन्दै सरकारको बारम्बार ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरेको बताए ।

प्रतिक्रिया