पाँचौं राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी स्थगित

काठमाडौं । नेपाल कृषि मेशिनरी व्यवसायी संघले चितवनमा आयोजना गर्ने भनिएको ‘सलोम पाँचौं राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी–२०७८’ स्थगित गरिएको छ । संघले एक विज्ञप्ति जारी गर्दै मेला हाललाई स्थगित गरिएको जानकारी गराएको हो ।
पुस २७ गते बसेको मेला आयोजक मुल समितिको सिफारिसअनुसार कोभिड–१९ को संक्रमण बढ्दो अवस्थामा रहेपछि गृहमन्त्रालयले २५ जना भन्दा बढि भेला हुने सभा, सम्मेलन, मेला, प्रदर्शनी आदि नगर्न निर्देशन दिएसँगै संघले प्रदर्शनी स्थगित गरेको हो ।
कोभिड–१९ को जोखिम कम भएपछि यो प्रदर्शनी पुनः आयोजना गरिने संघले जनाएको छ । संघले यही माघ ५ गतेदेखि माघ ८ गतेसम्म चितवनको एक्स्पो सेन्टरमा प्रदर्शनी गर्ने तयारी गरेको थियो ।
यो प्रदर्शनीलाई नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजना र संघले संयुक्त रुपमा आयोजना गरेका थिए ।

प्रतिक्रिया