बिहीबार, वैशाख ६, २०८१

भगवान् बुद्धसँग जोडिएका केही रोचक तथ्य !

नेपालखोज २०७८ पुष २९ गते ५:००

गौतम बुद्ध माहात्मा बुद्धको नामले विश्वभर चर्चित छन् । उनले नै बुद्ध धर्मको स्थानापना गरेका थिए । इसापूर्व ५६३ मा नेपालको तराईस्थित कपिलवस्तु जिल्लाको लुम्बीनीमा जन्म भएको थियो । बुद्धको वास्तविक नाम सिदार्थ हो । बुद्ध धर्म एसियालगात विश्वभर प्रख्यात छ । उनीसँग जोडिएका केही रोचक तथ्य

१.बुद्धले २९ वर्षको उमेरम नै ज्ञान प्रप्त गर्नको लागि आफ्नो घर छाडेका थिए ।

२. सिदार्थ अर्थात गौतम बुद्धले ३५ वर्षको उमेरमा पीपलको रुखमुनि ४९औं दिनमा ज्ञान प्राप्त गरेका थिए । यसपछि उनी सिदार्थबाट बुद्धको नामबाट चिनिन थाले ।

३. माहात्मा बुद्धले ज्ञान प्राप्तिपछि वारणसीसँग सारनाथमा पहिलो पटक पाँच पण्डित, साधुलाई उपदेश दिएका थिए ।

४. चार आर्य सत्य, दुःख, दुःखी समुदाय, दुःख निरोध तथा दुःख निवारक मार्ग अर्थात अष्टांगिक मार्ग बौद्ध धर्मको मूलधार हो ।

५. बुद्ध धर्मको स्थापना गरिसकेपछि बुद्धले तपस्स तथा कल्लक नामका दुई शुद्रलाई बुद्ध धर्ममा सर्वप्रथम अनुयायी बनाएका थिए ।

६. बुद्धका प्रधान शिष्यको नाम उपालि तथा आनन्द हो ।

७. बुद्धले भगवान्को साटो मानवलाई सेवा गर्नुमा धेरै जोड दिन्थे ।

८. बुद्ध धर्म सधैं नै वर्ण व्यवस्था र जाति प्रथाको विरुद्धमा रहेको छ । यहाँ कुनै भेदभाव, छुवाछुत छैन ।

९. बुद्ध धर्मका अनुयायी महिनाको ४ दिन अमावस्या, पूर्णिमा तथा दुई दिन चतुर्थी दिवसको उपवास राख्ने गर्दछन् ।

१०. बुद्ध धर्मका सबैभन्दा पवित्र तथा मुख्य चाड वैशाख पूर्णिमा हो । जुन बुद्ध पूर्णिमाको नामबाट विश्वभर प्रसिद्ध छ ।

११. हीनयान र महायानलाई बुद्ध धर्मका सबैभन्दा प्रमुख सम्प्रदाय मानिएको छ ।

१२. हीनयान सम्प्रदायका अनुयायीहरु धेरै श्रीलंका, म्यानमार तथा जावा देशमा रहेका छन् ।

१३. यस्तै महायान सम्प्रदायका अनुयायीहरु धेरै तिब्बत, चीन कोरिया मंगोलिया तथा जापानमा रहेका छन् ।

प्रतिक्रिया