मन्त्रिपरिषद बैठक प्रभावित, प्रधानमन्त्री देउवाको कोरोना परीक्षण फेरि हुँदै

नेपालखोज २०७८ पुष २९ गते ११:२८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि कोरोना परीक्षण गराउने भएका छन् । उनले यसअघि गराएको कोराना परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।

कोरोना संक्रमित माओवादी नेताहरुसँग शुक्रबार भएको सत्तारुढ गठबन्धनको बैठकमा देउवा सहभागी थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना पुष्टि भएपछि देउवा होम आईसोलेसनमा बस्दै आएका छन् ।

देउवा आईसोलेसनमै बसेकाले र मन्त्रीहरु समेत कोरोना संक्रमित भएकाले दुई पटक मन्त्रीपरिषदको बैठक स्थगित भइसकेको छ । देउवालाई कोरोना नभएपनि कार्यालयका भान्से तथा सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएपछि देउवाले फेरि कोरोना परीक्षण गराउन लागेका हुन् ।

बालुवाटारमा देउवाको सचिवालयका कर्मचारी, सुरक्षा अधिकारी लगायतको कोरोना परीक्षण हुने जनाइएको छ ।

प्रतिक्रिया