कोरोना संक्रमण नियन्त्रण गर्न सम्पूर्ण संयन्त्र परिचालन : ज्ञानेन्द्रबहादुर कार्की
नेपालखोज
२०७८ पुष २९ गते १२:१८

काठमाडौं । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको बताएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले सामाजिक सन्जालमार्फत जनताको जीवन रक्षाका लागि सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।
उनले पछिल्ला केही दिनयता कोरोना संक्रमणको दर निकै बढेको बताए । उनले स्वस्थ्य मापदण्ड अपनाउन समेत आग्रह गरेका छन् । उनले भने, ‘नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिवद्ध छ । खोप अभियान तीव्र गतिमा अगाडि बढेको छ ।’

सम्बन्धित

प्रतिक्रिया