दुई पक्षीय व्यापारमा रहेका भौगोलिक तथा सामाजिक असमानतालाई हटाउन जरुरी

नेपालखोज २०७८ पुष २९ गते १५:२१

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरलले व्यापारलाई विकाससँग जोड्नु पर्ने बताएका छन् । आज नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बहुपक्षिय व्यापारमा दुई पक्षिय सम्बन्धको सन्तुलन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव पोखरेलले व्यापार विकासको माध्यम भएकोले व्यापारलाई विकाससँग जोड्नुपर्ने बताएका हुन् ।

सचिव पोखरेलले अहिले विश्व अर्थतन्त्र आफैँमा आत्मनिर्भर नभएको बताए । उनले अहिले विश्व अर्थतन्त्र परस्पर निर्भर रहेकाले नेपालले पनि त्यही अनुसार बुझ्नु पर्ने बताउँदै सरकारले बहुपक्षीय व्यापारमा दुई पक्षीय सम्बन्ध सन्तुलन बनाउनको लागि आवश्यक नीति नीजि क्षेत्रसँग सहकार्य गरेर बनाइरहेको बताए ।

उनले सरकार हेरक व्यापार तथा उद्योग नीति बनाउन नीजि क्षेत्रसँग सहकार्य गर्न तयार रहेको भन्दै नीजि क्षेत्रले पनि व्यक्तिगत तथा व्यवसाय भन्दा माथि उठेर सरकारलाई सुझाव दिनु पर्ने बताए । सरकारले अहिले आयात गर्न बन्देज लगाएका सामानहरु आवश्यकता हेरेर आयातको लागि निर्णय गर्ने बताए । उनले व्यापारलाई विकासको माध्यम बनाउन विकाससँग नजोड्ने किसिमले हेर्दा व्यापारको विस्तारको गन्तव्यमा नपुग्ने बताए ।

त्यस्तै, राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले सरकारले लिएका खम्बे अर्थ नीतिअनुसार अगाडि बढ्नु पर्ने बताए । उनले दुई पक्षीय व्यापार विस्तारको लागि सरकार, नीजि क्षेत्र र सहकारी तीनवटै मिलेर गर्दा सफल हुने बताए ।

फुँयालले मुलुकको आर्थिक वृद्धिको लागि व्यापार उद्योगको विकास जरुरी रहेको बताउँदै सरकार अहिले पूर्वारधार विकास तथा औधोगिक पूर्वाधार निर्माणमा अगाडि बढेकाले यसलाई पारदर्शिता र समयमा नै काम सक्नुपर्ने सुझाव दिए । सरकारले तेस्रो मुलुकसँग व्यापारका लागि चीनसँग भएको पारवहन सम्झौता बलियो रुपमा कार्यान्वय गर्नुपर्ने भन्दै सदस्य फुँयालले सरकारले दुईपक्षीय व्यापारमा रहेका भौगोलिक तथा सामाजिक असमानतालाई हटाउनु पर्ने बताए ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल विश्वव्यापार संगठनसँग आवद्ध भएर पनि केही फाइदा लिन नसकेको बताए । उनले संगठनमा आवद्ध भएदेखि अहिलेसम्म निर्यातमा उल्लेखिय प्रगति गर्न नसकेको बताए । नेपालको अहिले पनि व्यापार घाटा उच्च रहेको अध्यक्ष गोल्छाले बताए ।

उनले नेपाल जुनसुकै संगठनमा आवद्ध भएता पनि भारतसँग मात्रै ८५ प्रतिशत व्यापार गर्दै आएको बताउँदै अहिले नेपालको निर्यात बढेकोर भारतमा अन्य देशबाट आयातमा कडा गरिएका वस्तु नेपालमा कतैबाट ल्याएर उत्पादन गरेर निर्यात नगरे निर्यात घट्ने बताए । उनले विश्व व्यापार संगठनमा आवद्ध भएपनि नेपाली उद्योगमा भएका वस्तु अन्तर्राष्ट्रिय बजारमा निर्यात हुन नसकेको बताए ।

नेपालमा राजनीतिक परिर्वतनको कारण पनि उद्योगमा लगानी हुन नसकेको बताए । उनले नेपालको अर्थतन्त्रको क्षमता ७ प्रतिशत आर्थिक वृद्धिदर पुग्ने नभएको बताउँदै विगतमा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशतको हाराहारीमा रहेको बताए । उनले बजारमा उपभोक्तालाई सामान सस्तो बनाउनको लागि उद्योग तथा आयातमा लाग्ने लागत कम गर्नुपर्ने बताए।

अध्यक्ष गोल्छाले वस्तुको लागत कम गर्नको लागि सरकारले भन्सारसम्म रेल जोड्नु पर्ने बताए । उनले लागत कम गर्ने उदेश्यले सरकारले काठमाडौंमा सुख्खा बन्दरगाह निर्माण गरेर पनि अहिलेसम्म सञ्चालनमा आउन नसकेकोप्रति गुनासो गरे ।

प्रतिक्रिया