मंगलबार, वैशाख १६, २०८२

कृषि विकास बैंकले २० प्रतिशत बोनस सेयर र १.०५२ प्रतिशत नगद लाभांश दिने

नेपालखोज २०७८ पुष २९ गते १६:०३

काठमाडौं । कृषि विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले आर्थिक वर्ष २०७७–०७८ को वार्षिक साधरण सभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बिहीबार भर्चुअलरुपमा सम्पन्न गरेको हो ।

बृहत कार्यसञ्जालद्वारा आफ्ना वस्तु/सेवाहरुलाई देशका अति दुर्गमदेखि सुगम ठाउँहरुमा दुई सय ७९ वटा शाखाहरुबाट आधुनिक बैंकिङ सेवा पुर्‍याउन सफल भएको तथा नेपालका वाणिज्य बैंकहरु मध्ये सबै भन्दा बढी अधिकृत पुँजी भएको बैंकको १५औं वार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष रमेशकुमार केसीको अध्यक्षतामा सम्पन्न भएको हो ।

बैंकका करिव तीन लाखको संख्यामा रहेका सेयरधनीहरुलाई उक्त साधरण सभाले उत्साहजनक प्रतिफल स्वरुप २० प्रतिशत बोनस सेयर र कर प्रयोजन वापत एक दशमलव शुन्य ५२ प्रतिशत नगद लाभांश वितरण गर्नेे प्रस्तावसमेत पास गरेको छ ।

साथै उक्त साधरणसभामा वक्ताको रुपमा भाग लिएका सेयरधनीहरुले उठाएका जायज जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष केसी र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले स्पष्ट पार्नुका साथै सेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

भर्चुअल माध्यमबाट भएपनि सेयरधनीहरुको वाक्लो उपस्थिती रहेको उक्त साधरण सभामा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधी, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरु रमेश दुवाडी, प्रकाश कुमार सन्जेल, संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद गुरांगाई, डा. इन्दिरा मास्के (श्रेष्ठ) को उपस्थिती रहेको थियो । साधरण सभाको संचालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।

प्रतिक्रिया