धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाको आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षको लागि १५ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार बोर्डका अध्यक्षका लागि आवेदन दिने अन्तिम दिन आज कार्यालय समयसम्म पुराना ११ र नयाँ चार जनाले आवेदन दिएका हुन् ।
बोर्ड अध्यक्षका लागि दाबेदारी प्रस्तुत गर्ने चार आवेदकहरुमा कृष्णराज पोखरेल, खगेन्द्र कटुवाल, मुक्ति अर्याल र रमेश घिमिरे रहेका छन् । धितोपत्र बोर्डको अध्यक्षका लागि नयाँ चारसहित बोर्डका कार्यकारी निर्देशक, नेप्सेका पूर्व सीईओ, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकदेखि लगानीकर्तासहित कुल १५ जनाको आवेदन परेको हो । यसअघि बोर्डको कार्यकारी अध्यक्ष बन्नका लागि १२ जनाको आवेदन परेको थियो ।
धितोपत्र बोर्डको अध्यक्षका लागि धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरि, उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्ण आचार्य, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, नेप्सेको पूर्व सीइओ सिताराम थपलिया, बिमा समितिका पूर्व अध्यक्ष चिरन्जीवी चापागाई, अनिल पौडेल, सेयर लगानीकर्ता तथा विश्लेषक डा. केशवप्रसाद श्रेष्ठ, लगानीकर्ता तथा विश्लेषक हेमन्त बस्याल, गैह्र आवासीय नेपाली रमेश हमाल, धितोेपत्र बोर्डको पूर्व कर्मचारी जीवन अमगाई र प्रभु बैंकका पूर्व सञ्चालक अम्बिका शर्मा लामिछानेको आवेदन परेको छ ।
धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदकहरुको नाम :
१. डा. गोपालप्रसाद भट्ट
२. खगेन्द्र कटुवाल
३. मुक्ति अर्याल
४.रमेश घिमिरे
५. चिरञ्जीवी चापागाईं
६. डा. नवराज अधिकारी
७. अम्बिका शर्मा लामिछाने
८. कृष्णराज पोखरेल
९. डा. जीवन अंगाई
१०. रमेशकुमार हमाल
११. सीताराम थपलिया
१२. डा. केशवप्रसाद श्रेष्ठ
१३. अनिलराज पौडेल
१४. नीरज गिरी
१५. हेमन्त बस्याल
प्रतिक्रिया