बिहीबार, वैशाख १३, २०८१

आजदेखि दुई रुपैयाँका नयाँ सिक्का चलनचल्तीमा

नेपालखोज २०७८ पुष ३० गते ९:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि दुई रुपैयाँको नयाँ सिक्का प्रयोगमा ल्याउने भएको छ । २०७७ साल लेखिएको दुई रुपैयाँका सिक्का आजदैखि चलनचल्तीमा ल्याइने राष्ट्र बैंकको भनाइ छ ।

सिक्काको बीचमा सात प्रदेशसहित नेपालको नक्सा अंकित रहेको राष्ट्र बैंकको सूचनामा उल्लेख छ । यस्तै सिक्कामा दृष्टिविहीनहरूले छोएर कति रुपैयाँको हो भने पत्ता लगाउन दुई थोप्ला राखिएका छन् ।

सिक्को पृष्ठभूमीमा आठ थोप्लासहितको गोलाकार चित्र छ । यस्तै सिक्कामा चन्द्र, सूर्य, चक्र, शंख, पद्म र गदाको आकृति देखिन्छ । सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको छ ।

यस्तै, सिक्काको अगाडि गोलो घेराभित्र गोलाकार गरेर चौसठ्ठी वटा थोप्ला बनाइएका छन् । सिक्काको माथिल्लो भागमा ‘आरएस टु’ र तल्लो भागमा दुई रुपैयाँ लेखिएको छ ।

प्रतिक्रिया