देउवाका कारण देश आर्थिक संकटमा फस्यो : लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशाली नेता प्रकाशचन्द्र लोहनीले मुलुकको आर्थिक संकट समाधानका लागि अर्थमन्त्री मात्र जिम्मेवार नहुने स्पष्ट पारेका छन् । पूर्व अर्थमन्त्री समेत रहेका लोहनीले आज सामाजिक सन्जालमार्फत प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी महसुस नगरेको आरोप लगाएका छन् ।
देशको अर्थतन्त्र सम्हाल्न प्रधामन्त्रीले देउवाले चासो व्यक्त गर्नुपर्ने लोहनीले बताए । उनले अहिले नै अर्थतन्त्रमा विकास नभए देश खाल्डोमा पर्न सक्ने चेतावनी दिए । उनले भने, ‘नेपालको अर्थतन्त्र संकटतिर जाँदै छ । अब यो अर्थमन्त्रीसँग मात्रै को कुरो भएन । देउवा सरकारको जिम्मेवारीको प्रश्न हो । प्रधानमन्त्रीले यो जिम्मेवारी महसुस गरेको देखिएन ।’
देश भीरको डिलमा पुग्न धेरै समय नलाग्ने लोहनीको चेतावनी छ । उनले लेखेका छन्, ‘अर्थतन्त्रमा संकट तथ्यांकमा मात्र सिमित रहँदैन । एक तह पुगेपछि तथ्याङ्कभन्दा मानिसको भावनाले प्राथमिकता लिनेछ ।’

प्रतिक्रिया