सम्पत्ति विवरण बुझाउन एमालेको निर्देशन

नेपालखोज २०७८ पुष ३० गते ११:३१

काठमाडौं । नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगले पार्टीका सवै निकायलाई सम्पति विवरण बुझाउन भनेको छ । आयोगले केन्द्रीय कमिटी, निकाय, संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखलाई व्यक्तिगत सम्पत्तिको विवरण अनिवार्य बुझाउन निर्देशन दिएको हो ।

अनुशासन पालना गराउन आचारसंहिताको मस्यौदा पनि तयार गरिरहेको जनाइएको छ । आयोगका सचिव भरत पहारीले तयार गरेको मस्यौदामाथि थप छलफल गर्दै पारित गरिने एमालेले जनाएको छ ।

प्रतिक्रिया