एमाले महासचिव शंकर पोखरेललाई कोरोना

नेपालखोज २०७८ पुष ३० गते १३:२६

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । आज पोखरेलले सामाजिक सन्जालमार्फत कोरोना लागेको जानकारी दिए ।

शीर्ष नेता र मन्त्रीहरु समेत कोरोना संक्रमित भएका छन् । एमालेमा उच्च पदमा रहेकामध्ये पोखरेललाई नै पहिलोपटक कोरोना लागेको हो । उनले भनेका छन्, ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।’

पोखरेल एमाले जिल्ला अधिवेशनका लागि प्रभु साहको निम्तोमा प्रदेश २ दौडधुपमा निस्किएका थिए ।

प्रतिक्रिया