बुधबार, वैशाख १२, २०८१

आले भर्सेस बतास ! (भिडियो रिपोर्ट)

नेपालखोज २०७८ पुष ३० गते १५:४१

काठमाडौं । आनन्दराज बतास । यो नाम आज भोलि संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको एक उत्तेजित निर्देशनले विवादमा तानिएको छ । आफूलाई जिम्मेवार स्थापित गरिसकेका सञ्चारगृहले पनि सम्बन्धित व्यक्तिको भनाइ राख्नुपर्ने पत्रकारीताको सामान्य धर्म निर्वाह नगर्दा आनन्द बतास र उनको संस्था बतास अर्गनाइजेस थप विवादित बनेको छ ।

हालै नारयणहिटी दरबार संग्रालय हाताभित्र भित्र बताास समूहले क्याफेटेरिया सञ्चालन गर्ने विषयको विवाद उत्कर्षमा पुग्यो । यससँगै सरकारी स्वामित्वमा रहेको सम्पत्तिमा बतास समूहको संलग्नताबारे नियतवश भ्रमपूर्ण ढंगले गलत प्रचार भइरहेको बतास समूहका अध्यक्ष आनन्दराज बतासको दाबी छ ।

नियम–कानुन र प्रक्रिया पूरा गरेर व्यापारिक उद्देश्यले बतास समूह दरबार छिरेको हो । यति सबै हुँदा–हुँदै पनि मन्त्री आलेले गैरकानुनी रूपमा काम रोक्न निर्देशन दिए । त्यसको भोलिपल्ट भाडा तिर्न लगाइयो र काम रोक्न निर्देशन दिएको पर्सिपल्ट बनाइएका संरचना भत्काउन लगाएको आनन्द बतासको दाबी छ । मन्त्री आलेले यो सबै काम सस्तो लोकप्रियताको लागि गरेको उनको भनाइ छ । गैरकानुनी रूपमा मन्त्री आलेले निर्देशन दिए पनि सचेत नागरिकको हैसियतले उनले मन्त्रीको निर्देशन मानेको बताए । यसबारे आनन्द बातस कुकुरले खुट्टा टोक्यो भन्दैमा कुकुरको पनि खुट्टा टोक्ने आफ्नो बानी नरहेको बताउँछन् ।

बतास समह कसरी छिर्यो त नारायणहिटी दरबारभित्र ?
नेपाल सरकारको जिम्मेवार निकाय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको नारायणहिटी दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन र सञ्चालन विकास समितिले २०७७ साउन २६ गते गोरखापत्र दैनिक पत्रिकामा सार्वजनिक सूचना प्रकाशित गरि नारायणहिटी दरबार संग्रहालय परिसरभित्रको क्याफेटेरिया भवन र नारायणहिटी दरबार संग्रहालयअन्तर्गतको गणतन्त्र स्मारकभित्रको क्याफेटेरिया भाडामा दिने गरी टेन्डर आह्वान गर्यो । पहिलोपटक सो बोलपत्रमा कसैले आवेदन पेस नगरेपछि असोज १८ गतेसम्म म्याद थपको सूचना प्रकाशित भएको थियो । चारवटा कम्पनीले आवेदन दिए । अन्तत टेन्डर बी.पी.एस. लिजिङ एन्ड म्यानेजमेन्टको हात पर्यो । मासिक दुई लाख २१ हजार ६१८ रुपैयाँ भाडा तिर्ने गरी बी.पी.एस. लिजिङ एन्ड म्यानेजमेन्ट र नारायणहिटी दरबार संग्रहालयबीच मिति २०७७ पुस १७ गते सम्झौता भएको हो । बी.पी.एस. लिजिङ एन्ड म्यानेजमेन्टसँग भएको यसै सम्झौताबमोजिम बतास समूह नारायणहिटी दरबार छिरेको बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासको दाबी छ ।

सम्झौता र नियम पालना गरेर व्यवासाय गर्न दरबार छिरेको बतास समूहमाथि मन्त्री प्रेम आले धैर्यता तोडेर आइलागेको अध्यक्ष बतासको आरोप छ । नारायणहिटी दरबारभित्रको यस क्याफेटेरियाको विषयबारे छानबिन गर्न मन्त्री आलेले आफैँले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव होमप्रसाद लुइँटेल नेतृत्वको पाँच सदस्यीय समिति बनाए । मन्त्री आलेले बनाएको समितिको रिपोर्ट आइनपुग्दै बनाएको संरचना भत्काइएको अध्यक्ष बतासले बताएका छन् ।

यिनै विवादले बतास अर्गनाइजेसनको छविमा दाग लाग्ने निश्चित छ । निम्न वर्गीय परिवारबाट आएर, ३२ वर्षको कडा मिहिनेत, विभिन्न उत्तार चढाव दैनिक १८ घण्टे परिश्रमले यो स्थानमा आएका आनन्द बतासको चरित्रमा पनि जो कोहीले प्रश्न उठाउने ठाउँ बनेको छ । मन्त्री आलेले कुरै नबुझी एक्सन लिएको र आफू अन्यायमा परेको उनको भनाइ छ । अब अदालतबाहेक दोस्रो विकल्प आफूसँग नभएकाले आन्नद बतास मुद्दा लड्ने तयारीमा छन् । देशमा न्याय नमरेकाले न्याय पाउने आशामा छन् आनन्द बतास । के आनन्द बतासले न्याय पाउँछन् त ?

प्रतिक्रिया