शुक्रबार, जेठ ४, २०८१

प्ररम वीर चक्र या भिक्टोरिया क्रस

बसन्त बस्नेत २०८० भदौ ११ गते ९:५८

हे! नपुंसक बाउका छोराहरू,
तिमी जो सडकमा हिँडिरहेका छौ,
लाहुर जाने रहरमा,
बिहान बिहान कुदिरहेका छौ,
र तिम्रो मस्तिष्कले कुद्नु बाहेक,
कुनै विकल्प रोज्दैन,
अब तिमी गढीमाई पर्वमा चढाइने राँगो झैँ भयै,
जसले प्रेम गर्न सक्दैन,
जसको यौवनको कुनै काम छैन,
अब काम बास्नाले जति उचाले पनि,
आफू भन्दा निक्खर सन्तान जन्माउन सक्दैन,
अब तिमिले आफ्नो बलि चढ्ने प्रतीक्षा गर्न सक्छौ,
र कुहिएर सडेको छातीमा,
प्ररम वीर चक्र या भिक्टोरिया क्रस,
झुन्डाउन मात्र सक्छौ ।

प्रतिक्रिया