पोखरामा कोभिड–१९ विरुद्धको खोप लगाउनेको भीड

पोखरा । पोखरामा कोभिड–१९ विरुद्धको खोप लगाउनेहरुको भीड बढेको छ । सरकारले माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड–१९ विरुद्धको खोप लगाउनेको भीड बढेको हो ।
पोखरामा विभिन्न केन्द्रहरुमार्फत् खोप अभियान सञ्चालन भइरहेको छ । पोखरा महानगरपालिका वडा नं. ५ स्थित खोप केन्द्रका प्रमुख आशिष सुवेदीले खोप लगाउनेहरुको भीड दैनिक १५ सय जनाभन्दा बढी रहेको बताए
हालसम्म कुनैपनि खोप नलगाएकाहरुलाई जोन्सन एण्ड जोन्सन खोप दिइएको तथा पहिलो डोज लगाइसकेकाहरुलाई कोभिशिल्ड वा भेरोसेल कुन खोप लगाएको हो सो खोपको दोस्रो मात्रा दिइएको उनले बताए । खोप केन्द्रमा पुरुष भन्दा महिला बढी संख्यामा खोप लगाउन आएका उनले उल्लेख गरे ।
पहिले खोप लगाउन आग्रह गर्दा पनि अस्वीकार गर्नेहरु अहिले खोप लगाउन आउने गरेको उनको भनाई छ । खोप लगाउनेको भीडले जनस्वास्थ्यको मापदण्ड तथा भौतिक दुरीसमेत कायम गर्न नसकेको दृश्य देख्न सकिन्छ ।

प्रतिक्रिया