शुक्रबार, चैत १६, २०८०

पोखरा फाइनान्सले मुनाफाबाट प्रति सेयर ८.७५ प्रतिशत बोनस सेयर दिने

नेपालखोज २०७८ पुष ३० गते २३:००

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको २५औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७७–०७८को मुनाफाबाट प्रति सेयर आठ दशमलव ७५ प्रतिशतका दरले बोनस सेयर र प्रति सेयर शुन्य दशमलव ४२ प्रतिशतका दरले नगद लाभांश गरी कुल आठ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

बोनस सेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी एक अर्ब चारा करोड रुपैयाँ पुगेको छ । साथै सभाले आव २०७८–०७९को लेखा परीक्षक नियुक्त गर्नुका साथै पोखरा फाइनान्स लिमिटेड र अन्य उपयुक्त बैंक वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने तथा गाभिने (मर्जर) वाप्राप्ति (एक्विजिसन) गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्न लगायत प्रचलितनियम, कानुनअनुसार वित्तीय संस्थाको तर्फबाट गर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिएका छन् ।

पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको फाइनान्सले आफ्ना ग्राहकलाई आधुनिक प्रविधियुक्त बैकिङ सेवातथा सुविधामा विशेष ध्यान दिदैं ग्राहक सेवालाई निरन्तररुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै सेवा प्रबाह गरिरहेको जनाएको छ ।

प्रतिक्रिया