शुक्रबार, वैशाख १४, २०८१

सिभिल बैंकले आधुनिक प्रविधियुक्त सेवा दिने

नेपालखोज २०७८ माघ १ गते १४:३४

काठमाडौ । सिभिल बैंक लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्ता पूँजीको पाँच प्रतिशत बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रति शेयर शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्न सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ ।

सभाले आ.व. २०७८–०७९ को लेखापरिक्षण गर्नको लागि ‘एन.बि.एस.एम.एण्ड एशोसियट्स’ लाई लेखापरीक्षकमा पुनःनियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने तथा गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने, हुने वा स्वदेशी तथा विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम– कानूनअनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ ।

बैकले आधुनिक प्रबिधियुक्त बैंकिङ सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाई निरन्तररुपमा चुस् दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई एक सय १५ वटा शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ८७ एटिएम मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले ९१ अर्व भन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्वभन्दा बढी कर्जा लगानी गरिसकेको जानकारी दिएको छ ।

प्रतिक्रिया