शनिबार, वैशाख १५, २०८१

जनरल इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

नेपालखोज २०७८ पुष ३० गते २०:५४

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले शुक्रबार भौतिक तथाा भर्चुअल माध्यमबाट कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा स्मार्ट क्याफे एण्ड बैंक्वेट धुम्बाराही काठमाडौंमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभामा कम्पनीको २०७७–०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्षले नेपाल वित्तीय प्रतिवेदनमान बमोजिमको वित्तीय विवरण पेस गर्नुका साथै सभाले सो प्रस्ताव सर्वसम्मतरुपमा पारित गरेको छ ।

त्यसैगरी आगामी आव २०७७–०७८ का लागि कम्पनीको वार्षिक लेखा परिक्षकमा सुजन काफ्ले एण्ड एसोसियट्स चाटर्ड एकाउण्टेण्ट्लाई नियुक्त गर्न संचालक समितिको प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।

साथै अध्यक्षले कम्पनीको प्रधान कार्यालयसहित २६ वटा शाखा कार्यालयहरु संचालन रहेकोमा आगामी आवमा थप शाखा तथा उपशाखा कार्यालयहरु संचालन गरी कम्पनीको व्यवसायिक दायरा फराकिलो पार्दै लगिने जानकारी समेत प्रदान गर्नुका साथै अध्यक्षले सभामा उपस्थित सम्पूर्ण शेयरधनीहरु तथा कर्तव्यनिष्ठ कर्मचारीहरुलाई धन्यवाद प्रदान गर्दै सभाको विसजर्न गरेका थिए ।

प्रतिक्रिया