शुक्रबार, वैशाख १४, २०८१

सर्वसाधारणको लागि आईपिओ जारी गर्दे कुमारी जब

नेपालखोज २०७९ फागुन २६ गते १७:५६

काठमाडौं । मानव संसाधनको क्षेत्रमा विगत ९ वर्ष देखी काम गर्दे आएको नेपालको प्रतिष्ठित रोजगारदाता कम्पनी कुमारी जव प्रा.लीले आफ्नो वित्तीय क्षमता अभिवृद्धि गर्न आईपिओ (प्रारम्भिक पब्लिक अफरिङ) जारी गर्ने भएको छ । सोही कार्यकालागी, कुमारी जव प्रा.लीले एनआईसी एशिया क्यापिटलको “आइडिया टु आईपीओ” सेवा लिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

२०१४ मा स्थापित कुमारी जवले आफ्नो योग्यता र क्षमता अनुसार काम खोज्ने अनुभवी व्यक्तिहरू र सही प्रतिभा खोज्ने रोजगारदाताहरू बीच पुलको रूपमा काम गर्ने गरेको छ । विभिन्न सेवाहरु मध्य कुमारी जब डट कम पोर्टल नेपालकै अग्रण्ी अनलाईन जागिरको माध्यम मार्फत जागिर खोज्ने र कर्मचारी खोज्ने संस्थाहरूलाई सेवाहरू प्रदान गर्दै विभिन्न योग्यता र सिप अनुसारको श्रमीक आपुर्ति र विभिन्न रोजगार मुलक तालिम तथा परामर्स दिदै आईरहोको छ ।

यो सम्झौता समारोहमा बोल्दै कुमारी जवका प्रवन्ध निर्देशक सन्देस भण्डारीले कम्पनीलाई उच्च प्रविधियुत्त एकीकृत सेवा साथै ग्लोवल प्याटफर्ममा पुर्याउनको लागि आईपिओमा जाने निर्णय गरेको बताए साथै सोहि कार्यक्रममा बोल्दै क्यापिटलका सिईओ रमेन्द्र रायमाझीले आईडिया टु आईपिओ अन्तर्गत एनआईसी एशिया क्यापिटलले संस्थागत परामर्श, निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रारको सेवा पनि प्रदान गर्ने बताएका थिए ।

प्रतिक्रिया