शुक्रबार, वैशाख १४, २०८१

अध्यक्ष शर्मालाई अनेरास्ववियुका विद्यार्थीले दले कालोमोसो

नेपालखोज २०७८ पुष ३० गते २१:५०

काठमाडौं । काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका विद्यार्थीले कालोमोसो दलेका छन् ।

केएमसी कलेजले मेडिकल विद्यार्थीबाट चर्को शुल्क असुलेको भन्दै विद्यार्थीहरुले विरोध गरिरहेका बेला आज सिंहदरबारभित्रै सो कलेजका सञ्चालक शर्मालाई कालोमोसो दलिएको हो।

शिक्षा मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा मन्त्रालय परिसरमै सोही कलेजमा अध्ययनरत विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् ।

कालोमोसो दल्ने पाँच जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । उनीहरूले आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विरोध गर्दै आइरहेका छन् ।

शुक्रबार मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया