तुलसीको बिरुवा किन राखिँदैन घरकाे छतमा ?

वास्तुशास्त्रमा तुलसीको बोटलाई सुखी जीवन र कल्याणको प्रतीक मानिन्छ । तुलसीको बोटले सबै दोषलाई हटाउँछ । तुलसीको बोटलाई देवताको आशीर्वाद प्राप्त गर्न उपयोगी मानिन्छ । तुलसी मातालाई राधा रानीको अवतार मानिन्छ ।
वास्तुमा तुलसीसँग सम्बन्धित केही उपायहरू बताइएका छन् ।
-घरको छतमा तुलसीको बिरुवा नराख्नुहोस् । यसबाट आर्थिक नोक्सान हुने सम्भावना छ ।
-तुलसीको पात चपाउनुको सट्टा जिब्रोमा चुस्नु नै सही उपाय हो । केही तुलसीको पात दहीमा मिसाएर खाँदा धेरै स्वास्थ्य सम्बन्धी समस्याबाट छुटकारा मिल्छ र दिनभर ऊर्जाको संचार हुन्छ ।
-दैनिक रुपमा तुलसीको बोटको पूजा गर्नाले घरका सदस्यहरुबीचको मनमुटाव हट्छ । भान्साकोठामा तुलसीको बिरुवा राख्नाले घरका सदस्यहरुबीच मेलमिलाप बढ्छ ।
-तुलसीको पातहरू आवश्यक परेमा तोड्नु अघि बोटलाई हल्लाउन नबिर्सनुहोस् ।
-तुलसीको बोट सुक्नु वा ओइलाउनु अशुभ मानिन्छ ।
तुलसीको स्वास्थ्यसँगै धार्मिक महत्व छ । सूर्यग्रहण, चन्द्रग्रहण, एकादशी, संक्रान्ति, द्वादशी र साँझमा तुलसीको पात टिप्नु हुँदैन । आइतबार र मंगलबार पनि तुलसीको पात तोड्न निषेध गरिएको छ ।
-ननुहाई तुलसीको पात कहिल्यै नचुड्नुहोस् । तुलसीले घरको आँगनमा सौभाग्य बढाउँछ । घरमा रहेको यो पवित्र बिरुवाले सबै दोष हटाएर वातावरणमा सकारात्मकता कायम राख्छ ।
-घरमा तुलसीको बिरुवा लगाउनाले परिवारका सदस्यहरुको स्मरण शक्ति बढ्छ । बेलुका तुलसीको बोटको अगाडि दीप प्रज्वलन गर्नाले सुख–समृद्धि मिल्छ ।
-यो पवित्र बिरुवा वरपर पवित्रता कायम राख्न धेरै महत्त्वपूर्ण छ ।
प्रतिक्रिया