एमाले प्रतिनिधिमण्डल बालुवाटार जाँदै
नेपालखोज
२०७८ माघ १ गते ९:५०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण सम्बन्धमा आज (शनिबार) सरकारको ध्यानाकर्षण गराउने भएको छ ।
कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचार प्रभावकारिता बनाउन दबाब दिने उद्देश्यले सरकारको ध्यानाकर्षण गराउन लागेको हो ।
एमालेका नेताले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षणपत्र बुझाउँदैछन् ।
एमाले प्रतिनिधिमण्डल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुग्ने जनाइएको छ ।
सम्बन्धित

प्रतिक्रिया