‘कोरोना नियन्त्रणको काम गर्न तेरो पार्टी, मेरो पार्टी नभनौंं’

नेपालखोज २०७८ माघ १ गते ११:४०

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी सबै एक हुनुपर्नेमा जोड दिएका छन् । आज (शनिबार) प्रमुख प्रतिपक्ष नेकपा एमालेको प्रतिनिधिमण्डलले कोभिड नियन्त्रण र उपचारमा प्रभावकारी भूमिका खेल्न ध्यानाकर्षण गराएको भेटघाटमा उनले सबै मिलेर कोरोनाको तेस्रो लहरलाई परास्त गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्रीले देउवाले सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिने पनि जनाएका छन् । उनले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि सबै एक जुट हुनेपर्ने जनाए ।

प्रधानमन्त्री देउवाले एमाले प्रतिनिधि सहभागी भेटघाट कार्यक्रममा तेस्रो लहरसँग आएको ओमिक्रोन भाइरस धेरै संक्रामक भएकाले सावधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको जनाए ।

आफूले सरकारको नेतृत्व गरेपछि कोभिडविरुद्धको खोप लगाउने संख्या बृद्धि भएको उनले दाबी गरेका छन् । सबै खोप लगाउन योग्य नागरिकलाई दुवै डोज खोप लगाउनेगरी सरकार अघि बढेको प्रधानमन्त्री देउवाले जानकारी दिएका छन् ।

प्रतिक्रिया