शनिबार, वैशाख १५, २०८१

अमेरिकाले किन रोक्यो चीनमा हुने सबै व्यावसायिक उडान ?

नेपालखोज २०७८ माघ १ गते १२:३९

बेइजिङ् । अमेरिकाले जनवरी १९ देखि लागू हुनेगरी चीनका लागि हुने सबै व्यावसायिक उडानहरूमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । चीनले कोरोनाभाइरस संक्रमणको बहाना बनाउँदै अन्य प्रतिबन्धात्मक प्रयास गरेकाले अमेरिकाले यस्तो निर्णय गरेको हो ।

आगामी हप्तादेखि, २०२२ बेइजिङ शीतकालीन ओलम्पिकअघिबेइजिङका लागि कुनै पनि व्यावसायिक उडानहरू नहुने भएको जनाइएको छ ।

जुनदेखि चीनको नागरिक उड्डयन प्रशासनले अन्तरर्राष्ट्रिय उडानहरूमा ‘सर्किट ब्रेकर’ नियम लागू गरेको छ । यो नियमअनुसार पाँच वा बढी यात्रुहरूले चीनमा अवतरण गर्दा कोरोना परीक्षण पोजेटिभ देखिएमा दुई हप्ताको लागि उडान हुँदैन ।

यदि १० वा बढी यात्रुहरूमा पोजेटिभ देखिएमा निलम्बन अवधि बढ्ने चीन सरकारले नियम बनाएको छ । चीनका प्रतिबन्धित यस्ता विभिन्न नियमहरूप्रति अमेरिका रुष्ट भएको हो ।

चीनले आफ्नो ‘सर्किट–ब्रेकर’ नियमहरूलाई महामारीको सीमापार फैलावटको जोखिम कम गर्न महव्वपूर्ण कदम भन्दै बचाउ गर्न खोजेको अमेरिकाको बुझाइ छ ।

प्रतिक्रिया