सोमबार, पुष २९, २०८१

आङ साङ सुकीलाई उनकै घरमा नजरबन्द

नेपालखोज २०७७ माघ २३ गते २१:०८


एजेन्सी । म्यानमारको ‘नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) को अध्यक्ष आङ सान सुकीलाई उनकै घरमा नजरबन्दमा राखिएको एनएलडीले पुष्टि गरेको छ ।

Advertisement

गत सोमबार म्यानमारमा सेनाले ‘कू’ गरी राज्यसत्ता कब्जा गरेपछि अहिंसावादी राजनीतिका लागि गरेको त्यागका लागि ९० को दशकमा नोबेल पुरस्कारबाट सम्मानित नेतृ सुकीको अवस्थाबारे जानकारी दिँदै उक्त जानकारी गराइएको हो ।

उनका सञ्चार अधिकृत क्यी टोयले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, “नेतृ सुकीलाई उहाँकै घरमा नजरबन्दमा राखिएको छ र उहाँको स्वास्थ्य राम्रो रहेको छ ।” मैले जानकारी पाएसम्म नेतृ सुकीलाई उनकै निवासमा नजरबन्दमा राखिएको छ, टोयले एएफपीसँग भने ।

प्रतिक्रिया