शुक्रबार, असार १३, २०८२

चौबीस घण्टामा ४,६३६ जनामा संक्रमण पुष्टि, ४ जनाको मृत्यु

नेपालखोज २०७८ माघ १ गते १६:३०

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४१२ जनाको पीसीआर परीक्षणमा ३७०३ र ४ हजार १४४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९३३ जना गरि कुल ४ हजार ६३६ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा हाल २१ हजार ५८४ जना सक्रिय संक्रमित पुगेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुुल संख्या ११ हजार ६१७ पुगेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट ३५० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ८ लाख १६ हजार ३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९६ दशमलव१ रहेको छ ।

प्रतिक्रिया