थारू समुदायले मनाए माघी (तस्बिरसहित)
नेपालखोज
२०७८ माघ १ गते १९:१४

काठमाडौं । तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले नयाँ वर्षका रूपमा समुदायका लागि नयाँ नेतृत्व गर्दै माघी पर्व मनाएका छन् ।
थारू समुदायले नयाँ वर्षमा स्नान, दान गर्नुका साथै मीठा खानेकुरा खानुका साथै वर्षभर विभिन्न कामको नेतृत्व गर्ने गाउँको अगुवा चुनेरसमेत माघीपर्व मनाउने परम्परा बसालेका छन् । स्थानीयस्तरमा लोकतन्त्रको अभ्यास हुनु अघिदेखि थारू समुदायमा लोकतान्त्रिक विधिबाट मुखियालगायत वर्षभर समुदायबाट नेतृत्व गर्ने विभिन्न पदको चयन हुन्छ ।
माघ १ गते स्नानको विधि भने सबै क्षेत्र एवं जातिका मानिसमा समानरूपमा रहेको पाइन्छ । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।


सम्बन्धित

प्रतिक्रिया