तराईमा बाक्लो हुस्सु र कुहिरो, देशभर आंशिकदेखि सामान्य बदली रहने

नेपालखोज २०७८ माघ २ गते ६:३५

काठमाडौं । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने तराईका केहि स्थानहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको विभागले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहनेछ भने, आज राति गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै भोलि माघ ३ गते सोमबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य वदली तथा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमापात हुने सम्भावना रहेको विभागले जनाएको छ भने राति देशभर आंशिक बदली रहने विभागले जनाएको छ ।

यसैगरी पर्सि मंगलबार पहाडी भू(भागमा आंशिकदेखि सामान्य रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने देशका पहाडी भू(भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ ।

राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य रही बाँकी भू-भागमा आंशिक बदली रहने छ भने देशका पहाडी भू(भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

प्रतिक्रिया