शुक्रबार, वैशाख ७, २०८१

प्रतिनिधिसभा बैठक माघ १६ गतेसम्मका लागि स्थगित

नेपालखोज २०७८ माघ २ गते १५:२५

काठमाडौं । प्रतिनिधि सभाको भोलि बस्ने भनिएको बैठक स्थगित भएको छ । आज एक सूचना जारी गर्दै संघीय संसदका महासचिव भरतराज गौतमले बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको जानकारी दिए ।

यसअघि माघ ३ गते सोमबार १ बजे बस्नेगरी बोलाइएको प्रतिनिधि सभा बैठक कोरोनाको कारण देखाउँदै माघ १६ गते बस्नेगरी स्थगित भएको हो । कोभिड संक्रमणका कारण माघ ३ मा बोलाइएको बैठक बस्न नसक्ने भएकाले माघ १६ गते आइतबार दिउँसो १ बजे बोलाइएको सूचनामा उल्लेख छ ।

यसअघि राष्ट्रियसभा बैठक पनि अनिश्चित कालका लागि आजै स्थगित गरिएको सुचना संसद सचिवालयले जारी गरेको थियो ।

प्रतिक्रिया