कोरोना रोकथामका लागि सरकारका १८ निर्णय (सूचीसहित)

काठमाडौं । मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओमिक्रोनलाई फैलिन नदिन सरकारले गरेका निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरे ।
सपिङ मल, डिपार्टमेन्ट स्टोर तथा पार्टी प्यालेसहरु स:सर्त सञ्चालन गर्ने दिइने भएको छ । तर, सरकारले जारी गरेको नयाँ आदेशअनुसार अब सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गर्न दिनुपर्नेछ । माक्स अनिवार्य गरिएको छ ।
साथै पार्टी प्यालेसहरु प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, ब्रतबन्ध जस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्न सक्नेछन् । तर कुल क्षमताको एक तिहाइ मात्र चलाउनुपर्ने र बढीमा ५० जना मात्र उपस्थित हुन पाउनेछन् । सरकारले कजेज तथा ट्युसन सेन्टरहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।
ओमिक्रोन भेरियन्ट नियन्त्रणसम्बन्धी आदेशमा १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्ने उल्लेख छ । सरकारले कोभिड संक्रमणको जोखिम बढिरहेको भन्दै माघ १५ गतेसम्मलाई मनोरन्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधिमन्त्री कार्कीले माघ १५ सम्म चलचित्र हल, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिम हलहरू बन्द गर्ने निर्णय गरेको बताए । भिड हुने क्षेत्रको बारेमा सरकारले कोभिड प्रोटोकल जारी गरेको हो ।


प्रतिक्रिया