थपिए ४,९६१ संक्रमित, ४३५ जना डिस्चार्ज

नेपालखोज २०७८ माघ २ गते १७:३७

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ४ हजार ९६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट १२ हजार ५६२ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ५३४ र २ हजार ५६९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४२७ जना गरि कुल ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल सक्रिय संक्रमितको कुल संख्या २५ हजार ६८० पुगेको छ ।

त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप ४३५ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख १६ हजार ४३८ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९५ दशमलव ६ प्रतिशत पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६२० पुगेको छ ।

प्रतिक्रिया