शुक्रबार, चैत १६, २०८०

भुजुङ हाइड्रोपावरको सेयर बिक्री प्रवर्द्धकमा कुमारी क्यापिटल

नेपालखोज २०७९ असोज १२ गते १९:०६

काठमाडौं । भुजुङ हाइड्रोपावर लिमिटेडले सेयर निष्काशन तथा बिक्री प्रवर्द्धकमा कुमारी क्यापिटल नियुक्त भएको छ । कम्पनीले प्रति सेयर एक सय रूपैयाँ अंकित दरको पाँच लाख ८५ हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारीलाई धितोपत्र निष्काशन तथा बिक्री प्रवर्द्धकमा नियुक्त गरेको हो ।

उक्त सम्झौता—पत्रमा भुजुङ हाइड्रोपावरका तर्फबाट कार्यकारी सञ्चालक श्री खेम राज जोशी तथा कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् । हाल भुजुङ हाइड्रोपावर लिमिटेडको अधिकृत पूँजी रु. ५० करोड रूपैयाँ, जारी पूँजी रु. ४३ करोड रूपैयाँ, र चुक्ता पूँजी रु. ३२.७२५ करोड रूपैयाँ रहेको छ ।

सन् २०१५ मा स्थापित भुजुङ हाइड्रोपावरले ७.५ मेगावा क्षमताको रन अफ रिभर प्रकारको अपर मिडिम हाइड्रोपावर प्रोजेक्ट विकास गरिरहेको छ ।

आयोजनाको कुल लागत रु. ३९ करोड रहेको छ भने कम्पनीले आयोजनाको कुल लागतको १५ प्रतिशत अर्थात रु. ५.८५ करोडको साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । यो आयोजना नेपालको लामजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा अवस्थित छ ।

प्रतिक्रिया