शनिबार, जेठ ४, २०८२

महालक्ष्मी बिकास बैंकको वार्षिक साधारण सभा रोक्न उच्च अदालतको अन्तरिम आदेश

नेपालखोज २०७८ माघ २ गते १८:४८

काठमाडौं । उच्च अदालत पाटनले महालक्ष्मी बिकास बैंकको २० औं वार्षिक साधारणसभा रोक्न अन्तरिम आदेश जारी गरेको छ । आज न्यायधीश बिपुल न्यौपानेको एकल इजलाशले उक्त आदेश जारी गरेको हो ।

महालक्ष्मी बिकास बैंकका सयरधनीको तर्फबाट गिरीराज पोखरेल समेत निवेदक रहेर महालक्ष्मी बिकास बैंकलाई बिपक्षी बनाएर उच्च अदालत पाटनमा मुद्धा दायर गरेका थिए । मुद्धामा उच्च अदालत पाटनले निर्वाचन कार्यव्रmमको बाँकी काम कारवाही नगर्नु भनि मिती २०७८ माघ ३ सम्मको लागि बिपक्षीहरुको नाउँमा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सो आदेश अनुसार बैंकले यही पुस २५ गते २० औं बार्षिक साधारणसभा गरेको थियो । तर उक्त साधारण सभामा कोरम नपुगेपछि पुन बार्षिक साधरण सभाको आव्हान गरेको थियो । सो अनुसार बैंकले माघ तीन गते सोमबार यसअघि रोकिएको बार्षिक साधारणसभा गर्ने तयारी गरेको थियो ।

तर अझै पनि बैंकमा सञ्चालकबीचको विवाद कायम नै रहेको अवस्थामा बार्षिक साधारणसभा हुन नसक्ने भन्दै पोखरेल सहितका शेयरधनीहरुले पुन उच्च अदालत पाटनमा अन्तरिम आदेशको माग गर्दे मुद्धा दायर गरेकोमा आईतबार उच्च अदालतले उक्त आदेश जारी गरेको हो ।

प्रतिक्रिया