शनिबार, वैशाख ८, २०८१

चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोना पुष्टि भएपछि सिंहदरबारमा त्रास

नेपालखोज २०७८ माघ ३ गते १०:३२

काठमाडौं । सिंहदरबार कोरोना भाइरस महामारीको त्रासमा परेको छ । चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण भएपछि सिंहदरबारमा त्रास बढेको हो ।

प्रधानन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तीन सचिवलाई कोरोना पुष्टि भएको छ । प्रधानमन्त्री कार्यालयका सचिवहरू शिशिरकुमार ढुंगाना, रामप्रसाद थपलिया र कृष्णबहादुर रावतलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । थपलिया कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीका प्रमुख हुन् । उनलाई कोरोना भएपछि सीसीएमसीसीको बैठक नै बस्न सकेको छैन ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयका सचिव दिनेशकुमार भट्टराईलाई पनि संक्रमण पुष्टि भएको छ । संक्रमित सचिवहरू होम आइसोलेसनमा छन् । सिंहदरबारमा संक्रमण पुष्टि भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टिमले पीसीआर परीक्षण गरेको छ । प्रधानमन्त्री कार्यालयका मात्र ४० कर्मचारीलाई कोरोना पुष्टि भएको छ ।

तर, सिंहदरबारभित्र कति कर्मचारी संक्रमित भए भनेर एकीकृत तथ्यांक छैन । सिंहदरबार भित्र यसअघि नै सूचना निकालेर सफाई कर्मचारीदेखि बाहेकलाई प्रवेशमा रोक लगाइएको छ ।

प्रतिक्रिया