प्रधानमन्त्रीको अपिल- सही विवरण उपलब्ध गराउनुस्
नेपालखोज
२०७८ कार्तिक २५ गते ९:२०

काठमाडौं । राष्ट्रिय जनगणनाका लागि आउने गणकहरुलाई सही विवरण उपलब्ध गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वसाधारणमा अपिल गरेका छन् । सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि सूचना संकलन गर्ने कार्यमा सहयोग गर्न भन्दै प्रधानमन्त्री देउवाले एक भिडियो सन्देशमार्फत सर्वसाधारणमा आग्रह गरेका हुन् ।
राष्ट्रिय जनगणनाको मूल गणना आज (बिहीबार) बाट सुरु हुँदै छ । केहीबेर अघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट १२औं राष्ट्रिय तथ्यांक संकलन कार्यक्रमको सुरुवात हुनेछ । अर्थात् राष्ट्रपति भण्डारीको परिवारको तथ्यांक संकलनसँगै राष्ट्रिय जनगणना सुरु भएको हो । आजै उपराष्ट्रपति र प्रधानमन्त्रीसहित देशैभर जनगणना कार्यक्रम सुरु गरिनेछ ।
संघीयतामा पहिलो जनगणना आजदेखि, पहिलो गणना राष्ट्रपति परिवारको
सम्बन्धित

प्रतिक्रिया