मन्त्री प्रेम आलेलाई कोरोना
नेपालखोज
२०७८ माघ ३ गते १२:१०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कोरोना पुष्टि भएको छ । आज उनको निजी सचिवालयले आलेलाई संक्रमण भएको पुष्टि गरेको हो ।
मन्त्री आलेका सबै कार्यक्रम स्थगित गरिएको र उनी आइसोलेसनमा बस्ने जनाइएको छ । अनुगमन र अवलोकनमा व्यस्त मन्त्री आले अब होम आइसोलेसनमा बस्ने छन् । हिजो मात्र उनी पशुपतिधर्मशाला र नारायणहिटी दरबारको अवलोकनमा गएका थिए ।
पछिल्लो समय बतास प्रकरणले मन्त्री आलेको चर्चा चुलिएको छ । उनले सार्वजनिक अभिव्यक्ति दिँदै यसअघि मन्त्रालयमा भएका अनियमितता भण्डाफोर गर्ने बताउँदै आएका छन् ।
सम्बन्धित

प्रतिक्रिया