एमालेको सर्कुलर, सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल ध्यानमा राख्नु

काठमाडौं । नेकपा एमालेले स्वास्थ्य मापदण्डलाई पालना गर्दै कार्यक्रम गर्न सुझाव दिएको छ । आज एक विज्ञप्ति जारी गर्दै एमालेले सरकारले जारी गरको स्वास्थ्य प्रोटोकललाई ध्यानमा राख्न अनुरोध गरेको हाे ।
कोरोना महामारीका कारण २५ जनाभन्दा बढीको सहभागिता रहने पार्टी तथा जनसंगठनका सबै प्रकारका सार्वजनिक कार्यक्रमहरु हाललाई स्थगित गर्न निर्देशन एमालेले दिएको छ । प्रदेश तथा जिल्ला कार्यालयहरुलाई आन्तरिक सर्कुलर जारी गर्दै एमालेले पार्टीका आन्तरिक बैठक, भेला, छलफलजस्ता कार्यक्रमहरु आवश्यक सतर्कता अपनाउँदै आयोजना गर्न भनेको छ ।
केन्द्रीय कार्यालयका सचिव डा. भीष्मनाथ अधिकारीले जारी गरेको सर्कुलरमा स्वास्थ्य प्रोटोकललाई ध्यानमा राख्दै सबै प्रदेश, जिल्ला तथा मातहतका कार्यालयहरु सुचारु राख्न निर्देशन दिइएको छ । पार्टीका स्थानीय कमिटी, नेता–कार्यकर्ता र जनप्रतिनिधिहरु कोभिड–१९ को महामारीविरुद्ध आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा सक्रिय रहन पनि भनिएको छ ।


प्रतिक्रिया