बुधबार, वैशाख २६, २०८१

मास्क खोइ त ?

नेपालखोज २०७८ माघ ४ गते १२:२१

भारतले दाबी गर्ला कि भन्ने डर लाग्छ । आफ्नो र आफ्नाको ख्याल राख्नुस् है – भन्दै अभिनेत्री केकी अधिकारीले राखेको स्ट्याटसमा आएका प्रतिक्रियाहरु :

म चाहिँ तिम्रो राख्छु नि केकु । सिजापति श्याम

चिसो धेरै छ, झ्यालबाट टाउको बाहिर ननिकाल । पापी बतासले तिमिलाई हिर्काउँछ । आफ्नाको ख्याल यहि त होनी । राज पाठक

हस, अनि तिमी पनि आफ्नो ख्याल राख्नू । यज्ञ ढकाल

ढोकामा नझुन्डिउ, झ्यालबाट टाउको बाहिर ननिकाल । यहि हो मेरो आफ्नालाई ख्याल । संरक्षक रुपक

केकी ङाेल्स्याे तपाईंले चाँहि आफ्नै मात्र ख्याल गरेर हाेला जति उमेर ढल्क्याे झन तेतिनै १६ वर्षे जवानी छाउँदै छ नि ल है यसैगरि चम्किरहनु हाेला ! विकि जंग गुरुङ

तिम्रो कसले राख्छ तनि केकु ख्याल वरिपरि घुमिरका छन् व्वासा र स्याल । रामहरि आचार्य

तिमी ड्राइवर म खलासी केकु वेबी । सुनील

आफ्नो भन्नी तिमी हौ । म ठिक छु तिमी पनि आफ्नो ख्याल राखे है । धनु डीसी

आफ्नो र आफ्नाको ख्याल त राखौँला, तर आफ्निले बाल दिदिनन् र पो बिरामी छु । ठाँऊ न ठहर, बुढिको रहर… कठै बरा जिन्दगी । सोरिन रोकाया

कुन रूटमा चलाउनुहुन्छ जिप ?? शिव न्याैपाने तिम्रो ख्याल म गर्छु तिमी मलाई है । राना तामाङ ब्लोन

तिमी आफ्नो ख्याल नगरी नगरी मेरो त्यति चिन्ता नलेऊ केकु । कुलवीर थापा

आँखा बोल्छ तिमिलाई हेरि म त ढिलो जन्मेछु हत्तेरी । सन्दीप ढकाल

आफ्नाको त कहाँबाट राख्नु आफ्नोसम्म तिमि छौ र ख्याल राख्छेउ । काशी डुम्रे

तिमी राम्ररी जाउ माया यता घरपरिवारको पिर नलेउ । यता म सम्हालिहाल्छु । विकास क्षेत्री

हुन्छ हुन्छ झ्यालबाट टाउको ननिकाल्नु पुगेसी फोन गर हस् आफ्नो ख्याल राख । सिद्ध भट्ट

हुन्छ, भनिरहनु पर्दैन क्या । रमेश शर्मा पौडेल

चल्ति गाडीमा शरीरको कुनै पनि अंग बाहिर ननिकाल्न अनुरोध गरिन्छ ! भूमि शर्मा

मेरो ख्याल म राख्छु तिम्रो ख्याल तिमी राख है केगर्नु तिमिले मैले सोचेको जस्तो भएन है । उद्धव दुलाल

तिमी पनि आफ़्नो ख्याल राख ल, हातमा पंजा लगाउ चिसो बढेको छ । रेग्मी किशोर

डियर केकु यति राम्री छौ कि कहिले काहीँ त डर लाग्छ । कतै भारतले हाम्रो नागरिक भनेर दाबी गर्ला कि भन्ने । प्रितम गाैतम

आफूले नाइटो देखाउदै हिन्ने यो जाडोमा, अरुलाई उपदेश दिएको सुहाएन बरै काकी ? पवित्रा खड्का

जाउ जाउ तिमी रातो कारमा चडेर जाउ !! म यहाँ सबैको ख्याल राख्छु, पिर नगर ढुक्क भएर घुमफिर गर अनि आउँदा चाहिँ मलाई सेतोकार लिएर आउ । लक्षमण जीसी

मान्छे घायल पार्ने फोटो हालेर आफ्नाको ख्याल गरौ भनेर कसरी भन्न सक्या के ? मधुसुदन पाैडेल साँझ भेट्न नभ्याउने भैयो केकु । मोहन गिरी

चाहिदैन तिम्रो माया । विवेक रेग्मी

हवस् प्यारी माया तिमीले नि आफ्नो राम्रो ख्याल राख्नु है । हीरालाल जीएम

आफूले गर्नुछैन अरुलाई भन्ने मात्र । रामचन्द्र घर्ती मगर

No description available.

हस राम्रोसँग जाउ पुगेर फोन गर ल..! किरण घिमिरे

मास्क खोइ त…. कोरोना धेरै बढेको छ सानु आफ्नो ख्याल राम्ररी राख्नु ……थाहा छ ? त्यो ज्यान तिम्रो हो तर जिन्दगी त मेरो हो नि रुपेश ढुंगेल

हजुर पनि आफ्नो ख्याल राख्नुस् जाडोमा न्यानो लुगा लगाएर । आस्था नेपाल

तिम्रो यो पोजले आफूलाई आफ्ना बिर्सायो डल्लु । देवेन्द्र आचार्य

आफ्ना छैनन् आफ्नो ख्याल अवस्य राख्नेछु दीपक भट्टराई

मैले आफ्नो सम्झिएर ख्याल गरिरहेको छु ! तर तिमी गाडी चढेर लाग्यौं …..। कार्की राम

आफ्नो ख्याल गर्नु । मेरो ख्याल म आफैँ गर्छु । धन्यवाद ! इन्द्र न्याउपाने मेरो सँधैभरी ख्याल राख है मायालु भनेर मेसेजमै भनेको भए भैहाल्थ्यो नि तिम्ले मलाई, पोस्ट नै गर्नुपर्छ त अनि ?? धुपेस देव

तिमिले यति भनेपछि बिरामी म, यतिकै सन्चो हुन लागे नि केकु । गैरे कञ्चन

तिम्ले मेरो ख्याल राख्छ्यौ कि नाइ त ? अशोक गाैतम आँखा बोल्छ तिमीलाई हेरि म त ढिलो जन्मेछु हत्तेरी । सन्दीप ढकाल

हामी आफ्नाे ख्याल राख्छौं बरु माघ महिना छ तिमिले आफ्नाे ख्याल राख्नु । प्रभाकर शर्मा न्यौपाने

म त आफ्नो ख्याल गर्दिन किनकी मेरो ख्याल गर्न तिमी छौं केकु । युवराज ढुंगेल

ए चाबेल चाबेल जाेरपाटी लगनखेल बानेश्वर काेटेश्वार हुँदै नयाँ बसपर्क आउनुस आउनुस लु राम्रो काम भेट्टाएछाै । सुड्डी आन्टी

ईमान्दारिताको साथ गर्नु । सागर श्रेष्ठ

यो तरिकाले त, आफ्नो न त आफ्नाको, खाली तिम्रै ख्याल हुन्छ ! शंकर न्यौपाने

सबैले ख्याल ख्याल मात्रै गर्छन् ख्याल कसैले गर्दैन केकु ….. । कल्याण सापकोटा

No description available.

प्रतिक्रिया