शुक्रबार, जेठ ४, २०८१

फ्लासब्याक– २०२२ : यो वर्ष यी गीतमा रमायो बलिउड

नेपालखोज २०७९ पुष १० गते १६:४४

अब सन् २०२२ सकिन केही दिन मात्र बाँकी छ । मानिसहरु नयाँ वर्षको पर्खाइमा छन् । गित र नृत्य बलिउड चलचित्रका अभिन्न अंग रहदै आएका छन । यसपटक बलिउडसँगै दक्षिण भारतिय तथा भोजपुरी चलचित्रका गीत पनि निकै सुनिए । वर्ष – २०२२ को समाप्तिमा हेरौं यो वर्ष हिट भएका गीतहरू :

केसरिया : रणबीर कपुर, आलिया भट्ट, अमिताभ बच्चन, नागार्जुन तथा मौनी रोय अभिनित फिल्म ‘ब्रह्मास्त्र’ को गीत ‘केसरिया’ले निकै राम्रो प्रतिक्रिया पाएको छ । यो गीत यो वर्ष नम्बर एकमा रह्यो । यो गीतमा अरिजित सिंहले स्वर दिएका छन् । यो गीतलाई लिएर विवाद समेत भएको थियो । य‍ो गीतमा रणवीर कपुर दौडदै मन्दिर जान्छन् तर त्यस क्रममा उनले खुट्टामा जुत्ता लगाएका हुन्छन् । त्यही क्रममा दोस्रो दृश्यमा पनि रणवीरले जुत्ता लगाएरै मन्दिरको घण्टी बजाउँछन् ।

जेडा नशा : जेडा नशा गीत इन्स्टाग्राममा रातारात चर्चित भयो । यो गीतलाई मानिसहरुले निकै रुचाए । यो गीत अहिले पनि सामाजिक सञ्जालहरुमा व्याप्त छ । यो गीतको रिमेक आयुष्मान खुरानाको फिल्म ‘एन एक्सन हिरो’ मा देखिय‍ो जसमा आयुष्मान तथा नोरा फतेहीको अभिनय छ ।

नाच पञ्जाबन : चलचित्र जुग जुग जीयोको नाच पञ्जाबन जनसमुदाय माझ हटकेकका रुपमा प्रस्तुत भयो। यो गीत सामाजिक सञ्जाल देखि हरेक विवाह तथा पार्टीको प्ले लिस्टको शीर्षमा थियो। यसको टाइटल ट्र्याकमा अनिल कपूर, नीतु कपूर, वरुण धवन तथा कियारा आडवाणी देखिएका थिए।

माणिके : श्रीलंकाली गायक योहानीको यो गीतको शब्द धेरैले बुझेनन् तर यो गीत युट्युबमा निकै सुनियो । यो गीतको हिन्दी संस्करण फिल्म ‘थ्याङ्क गॉड’ मा हेर्न-सुन्न पाइन्छ । नोरा फतेही र सिद्धार्थ मल्होत्राले यो गीतलाई थप स्पेशल बनाएका छन् । यो गित युट्युब र अन्य सामाजिक सञ्जाल प्लेटफर्महरूमा लामो समय शीर्ष स्थानमा रहन सफल भयो ।

भूल भुलैया-२ : यो वर्ष भुल भुलैया – २ को शीर्षक ट्र्याकले पनि धेरै लाई मोहित तुल्यायो । अहिले पनि प्रशन्सकहरुले भुल भुलैयाको यो गीतलाइ माया गर्न छोडेका छैनन् । यो गीतमा नाच्दा मानिसहरु कहिल्यै बोर भएनन् ।

अन्य हिट गित :
. मेरी जान – गंगुबाई कठियाबाडी
. मैया मैनु – जर्सी
. श्रीवल्ली – पुष्पा
. पसुरी – भीडियो सङ
. नथुनिया – भीडियो सङ

प्रतिक्रिया